नेपाली प्रहरी र सशस्त्र प्रहरी बल नेपालवीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता 

काठमाडौं - २३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा माघ ४ गते ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता संचालन भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य टिम क्याप्टेन रहेकी थिईन ।     

प्रतियोगितामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टीमबीच गोलरहित बराबरीमा खेल सम्पन्न भएको छ । महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रचार्यले नेपाल प्रहरीको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुकासाथै महानिरीक्षक अर्यालले खेलमा सहभागि खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए । 

खेलकुद प्रतियोगितामा प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहाल, प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×