माछा लोड गरिएको गाडी प्रहरी नियन्त्रणमा

बारा । भन्सार छली नेपाल भित्र्याएको माछा लोड गरिएको एउटा पिकअप गाडीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फेटा गाउँपालिका–१ बाट प्रहरी गस्ती टोलीले उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको थियो ।

माछा तथा माछा ओसार्न प्रयोग गरेको गाडीसहित भन्सार मूल्य रु सात लाख बराबरको मूल्याकङ्न गरी बा४च ६०९१ नंको पिकअप गाडीसमेतलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×