रोटाराक्ट क्लव कुसोमद्वारा धुम्रबराह माबिलाई विभिन्न सहयोग प्रदान

काठमाडौं - काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम अर्थात काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट रोट्र्याक्ट क्लवले धुम्रबराह माध्यामिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ । शुक्रबार सो बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटाराक्ट क्लव को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८, ९ र १० का छात्रालाई पुनः प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान , कपि १०० थान , पुस्कालयको लागि सन्दर्भ पुस्तक ७० वटा, पेन्सिल ब्याग १०० वटा, खेलकुद सामग्री ( ब्याडमिन्टन, फुटबल र टेवलटेनिस लगायत) र ट्याकसुट लगायतका लुगाहरु धुम्रबराहा माध्यामिक बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटमार्फत हस्तान्तरण गरेकी हुन् ।

उक्त सामग्री हस्तान्तरण गर्दै कुसोम रोटाराक्ट क्लवको संस्थापक सभापति चिमौरियाले आगामी दिनमा पनि बिद्यालयलाई सक्दो सहयोग गर्दै जाने बताइन भने उक्त बिद्यालयका प्रधानाध्यापक सुजाता राजलवटले रोट्र्याक्ट क्लव कुसोमले बिद्यालय र विद्यार्थीका लागि सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगी भावना लिएर अगाडी बढ्न रोट्र्याक्ट क्लव कुसोमलाई शुभकामना दिईन।

रोटाराक्ट क्लव कुसोमद्वारा आयोजित उक्त कार्यक्रमलाई सफल बनाउन रोटरी क्लव पाटन साउथ, प्रभु बैंक, इनयाँ क्याफे र बुद्ध पब्लिकेशन लगायतका संस्थाहरुको सहयोग रहेको बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×