काठमाडौं - साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । अघिल्लो दिन तीन दशमलव ६९ अंकले बढेको नेप्से आज पुन १५ दशमलव ४६ अंकले बढेर २१ सय १९ दशमलव ६९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८४ अंकले बढेर तीन सय ७४ दशमलव ७० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ८४ हजार एक सय २६ पटकको कारोबारमा दुई करोड २१ लाख ६७ हजार छ सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौं सय ८० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक १५ दशमलव ४७ अंकले घटेर २५ सय ९५ दशमलव ५९ अंकमा झरेकोमा उत्पादनमुलक समुहको सुचक पनि नौं दशमलव ७५ अंकले घटेको छ । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव ५३ अंकले बढेर ११ सय ३४ दशमलव ३७ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ४५ दशमलव ७० अंकले बढेर चार हजार तीन सय ८८ दशमलव ४० अंकमा पुगेको छ । जलबिद्युत समुहको सुुचक पनि पाँच दशमलव ७८ अंकले बढेर पाँच हजार चार सय २२ दशमलव २७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ९७ दशमलव ६३ अंकले बढेर १० हजार दुई सय १० दशमलव ८९ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुुचक पनि ६२ दशमलव २० अंकले बढेर १० हजार सात सय ३४ दशमलव ६६ अंकमा चढेकोमा लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आखुखोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड परेको छ ।