काठमाडौँ – शंकर घिमिरेको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समयअगाडि अमेरिकामा सकिएको थियो। सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु भएको छ। निर्माण टीमले आइतबार फर्स्टलुक सार्वजनिक गर्दै आगामी मंसिर ७ गते सिनेमा प्रदर्शन हुने जानकारी दिएको थियो।
सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ। उनलाई जवान र वृद्धि गरी दुई फरक लुक्समा देखिएको छ। पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पूजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ। सिनेमाको पोस्टरले दर्शकमाझ कौतुहल्ता जगाउने देखिन्छ।
यसअघि भदौ २९ गते रिलिज हुने भनिएको सिनेमा अब मंसिर ७ गतेबाट प्रदर्शनमा आउने छ। सिनेमाको लागि उपयुक्त मिति लागेर नै यो मितिमा ‘तेल भिसा’ रिलिज घोषणा गरिएको निर्देशक घिमिरे बताउँछन्। सिनेमामा बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिश पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ। प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ।