काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु प्लेअफमा पुग्न सफल भएको छ । शनिबार राति चेन्नाई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंग्लुरुले प्लेअफमा स्थान बनाएको हो । सुरुवाती खेल जितेपछि लगातार खराब प्रदर्शन गरेको बेंग्लुरुले पछिल्ला छ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि प्लेअफमा पुग्ने चौँथो टोली बनेको हो ।
पहिला ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा चेन्नाईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सक्यो । चेन्नई पनि १४ अंकका साथ प्लेअफको दौडमा रहेकाले पराजित भए पनि निर्धारित ओभरमा २०१ रन बनाउनु पर्ने थियो ।