भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय संशोधन

काठमाडौं । भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ ।

मन्त्रालयले अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने जनाएको छ ।

तर तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिइने जनाएको हो ।

कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले सोमवारदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई भने प्रस्थान अनुमति दिइने सूचनामा उल्लेख छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×