वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडलाई सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यस बेला उनी सांगीतिक कार्यक्रममा दौरान विदेशमा थिए । विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । गायक ओडले जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए । ओड नेपाल आइडल सिजन–२ का विजेता हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×