दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा

काठमाडौँ । पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ।

यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन्। गाउँका १२६ जनाले सेवा लिएका शिविरमा उक्त शिविर निस्दी–२ को आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, जिल्लास्थित कालीगण्डकी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। गाउँबासीलाई सहजरुपमा सेवा दिन शिविर आयोजना गरिएको वडाध्यक्ष पूर्णबहादुर बाकाबलले जानकारी दिए। शिविरमा १०४ जनालाई निःशुल्क औषधि, १५ जनालाई चस्मा र सातजनालाई परामर्श सेवा दिइएको थियो।

शिविरमा आँखा जाँच गराएकामध्ये दसजनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले पुस २८ गते सम्पर्क गर्न बोलाइएको केन्द्रका प्रमुख सुन्दर रानाले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×