काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ। २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने छ।
कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो।