एक दिनमा २० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

काठमाडौं - एक दिनमा २० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । शुक्रबार भुक्तानी सम्वन्धी कार्य गर्न अनुमतीपत्र प्राप्त सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गदै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम गर्ने सिमा (संख्या) लाई अस्थाईरुपमा बृद्धि गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ, भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्दैशन अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा यही कात्र्तिक २४ गते देखि मंसिर तीन गतेसम्मको लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने छ । तर उक्त कारोबारको संख्या र कारोबारको कुल रकम यस बिभागलाई जानकारी गराउनु पर्ने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×