शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार २९ गते शनिबार सन् २०२४ जुलाई १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार निरन्तर बढेर  शनिबार बेलायती पाउण्डको बिक्री दरले १७३ रुपैयाँ पार गरेको छ। अमेरिकी डलर र कतारी रियल घट्दा युरो भने बढेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा र बिक्री दर १७३ रुपैयाँ ६६ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×