काठमाडौं । सिक्किमका चर्चित हास्य कलाकार पदम तामाङ नेपाली फिल्म ‘मायाका रंगहरु’मा अनुबन्धित भएका छन् । फिल्म साइन गर्नको लागि तामाङ यतिबेला काठमाडौंमा छन् ।
निर्माता केवल तामाङ र पदमबीच फिल्मबारे लिखित सम्झौता भएको छ । यो फिल्मबाट पदमले अभिनय करिअर थाल्दैछन् । यसअघि यो फिल्ममा पल शाह, सुनिल थापा र बुद्धि तामाङ जोडिएका छन् ।
नायिकाको भूमिकाका लागि अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिने जनाइएको छ ।