‘२ नम्बरी’ काे ट्रेलर मंगलबार सार्वजनिक हुने

काठमाडौँ - असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर भोलि मंगलबार सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ।

यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन्। यसैबीच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन्।फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन असोज ६ गते नेपाल आएकी हुन्।

फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन। तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि भोलि मंगलबार ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ।

यो फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राइले काम गरेका छन्। यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ। ‘२ नम्बरी’को टिजर हिट भैसकेको छ। २ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×