काठमाडौँ। नेपाली चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आउँदो माघ २८ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमवार चलचित्रको नयाँ पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको हो। खिल बहादुर गुरुङको निर्देशनमा बनेको चलचित्र गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको हो। मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन गरिएको चलचित्रमा सौगात मल्ल, दीया पुन,बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा आदि कलाकारहरुको अभिनय रहेको छ। रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको चलचित्रमा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको संगीत रहेको छ। देबेन्द्र मानन्धर चलचित्रको कार्यकारी निर्माता रहेका छन्।