अपारशक्ति खुराना 'बर्लिन'मा एक सांकेतिक भाषाका विशेषज्ञ

भारत। बलिउड अभिनेता अपारशक्ति खुराना चलचित्र निर्माता अतुल सभरवालको आउँदो चलचित्र 'बर्लिन'मा एक सांकेतिक भाषाका विशेषज्ञको भूमिकामा देखिनेछन्। 'बर्लिन' सस्पेन्स थ्रिलर विधाको चलचित्र हो। चलचित्रलाई लिएर अपारशक्ति निकै उत्साहित रहेका छन्। 'बर्लिन'को बारेमा बताउदै उनले भने "नयाँ दिन, नयाँ चुनौती 'बर्लिन', एउटा यस्तो प्रोजेक्ट जसले मलाई पहिलो दिनबाटै उत्साहित बनाएको छ। किनकी एक कलाकार भएका कारणले यो मेरो लागि एक चुनौती हो। अतुल सभरवालको थ्रिलरमा सांकेतिक भाषाका विशेषज्ञको भूमिका निभाउनु ठिक त्यस्तो काम हो, जसलाई गर्न म लामो समयदेखि पर्खाईमा थिएँ।"

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×