'राष्ट्रिय मुद्दामा सबै पार्टीको धारणा एउटै हुनुपर्छ'

चितवन । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरूमा दलहरूबीच समान धारणा निर्माण गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।

आज शुक्रबार एमालेको महाधिवेशन समारोहमा शुभकामना सन्देश व्यक्त गर्न चितवन पुगेका प्रधानमन्त्री देउवाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सबै पार्टीहरूबीच राष्ट्रिय मुद्दामा समानान्तर धारणाको विकास हुनुपर्ने औंल्याएका हुन्। उनले भनेका छन्, 'लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन, कानुनी शासन जनअधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न, राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्न र साथसाथै देशलाई समृद्ध बनाई समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउन सबै पार्टीको लक्ष्य एउटै हो र हुनुपर्छ!'

शुक्रबार चितवनको नारायणी किनारमा आयोजित एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले नयाँ संविधानमार्फत् लोकतन्त्रको मूल्य र मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेवार राजनीतिक दलको रूपमा भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×