कपिलवस्तु – एक महिलालाई बन्धक बनाइ यौन शोषण गरेको आरोप कपिलवस्तुका जिल्ला न्यायाधिश भुवन गिरीमाथि लागेको छ। यस विषयमा अनुसन्धान पनि सरु भएको छ। पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिल्वस्तुले अनुसन्धान सुरु गरेको हो।
सुरुवाती क्षणमा प्रहरीले उजुरीलिन नमानेपछि पीडित महला एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी दिन पुगेकी थिइन्। तत्पश्चात दुवै आयोगले प्रहरीलाई उजुरी लिएर छानबिन गर्ने निर्देशन पठाएको थियो। यति मात्र नभइ यी दुइ आयोगले न्यायपिरषद्लाई समेत उजुरी र पत्रको बोधार्थ समेत पठाएको छ।
मानव अधिकार आयोगकी सदस्य लिली थापाका अनुसार न्यायधीशको विषय भएकाले प्रहरीलाई मात्र नभइ न्यायपरिषद्लाई पनि पत्र पठाइ उक्त विषयमा अनुसन्धान गर्न आग्रह गरिएको छ। आयोगका अनुसार उजुरीमा पीडीत महिलालाई करिब ५ वर्ष देखि बन्धक बनाइ यौन शोषण गरिएको आरोप छ। आयोगकी सदस्य थापाका अनुसार पीडितले आफूलाई पटकपटक करणी गर्ने पान नभइ गर्भपतन गर्न समेत लगाएको तथ्य खुलाएकी छिन्।
राष्ट्रिय मानव अधिकार आयोग, न्यायपरिषद सचिवालय र राष्ट्रिय महिला आयोगले समेत सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रमुख एसपी प्रेमबहादुर बस्नेतले मानव अधिकार आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको जानकारी दिए।