हर्कको ’जवानी लिलाम भो’ अस्मिता जुरेली

काठमाडौं - अमेरिका निवासी  गायक  हर्क चाम्लिङले नयाँ सांगीतिक सौगात ’जवानी लिलाम भो’ सार्वजनिक गरेका छन् । मुनाल शिशिर कोइरालाको शब्द रहेको यस गीतमा संगीत वसन्त सापकोटाको संगीत रहेको छ।  गीतलाई पुस्कर सुनुवारले  संगीत संयोजन गरेका हुन् ।  

राजनीति भित्रको फोहरको कथामा आधारित रहेर म्युजिक भिडियोको कथा तयार पारिएको छ ।  भिडियोमा दिक्पाल कार्की, जी.वी. चिरन, चिरन्जीवी सापकोटा, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानुको अभिनय रहेको छ ।  

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन  गरेका छन् । देवी राई  निर्मात्री रहेको यस म्युजिक भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो गायक चाम्लिङको युट्युव च्यानल ’हर्क चाम्लिङ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×