काठमाडौं । अभिनेता माधव केसीले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । हरि आचार्यद्वारा लिखित ‘किन दुख्छ मुटु’ बोलको गीतको म्युजिक भिडियोमार्फत अभिनेता केसीले विराट म्युजिक तथा फिल्म अवार्ड–२०८० को ‘उत्कृष्ट मोडल’ अवार्ड जितेका हुन् ।
अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा मोडल तथा अभिनेता माधव केसी र लजिना सुवेदी अभिनित म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको हो । सेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित अवार्ड समारोहमा गीतका मोडल माधव केसीलाई उक्त अवार्ड प्रदान गरियो ।
गीतको संगीत नवीन कार्कीले गरेका हुन् । म्युजिक भिडियो निर्देशन भने चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् । मदन कास्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।
अवार्ड समारोहमा निर्देशक नेपालको समेत उपस्थिति थियो । अवार्ड प्राप्तीले आफूलाई थप जिम्मेवार महसुस गराएको अभिनेता केसीले बताएका छन् । उनले भने, ‘मेरो कामको मूल्याङ्कन गरी अवार्ड प्रदान गर्नु हुने जुरी टिम तथा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दछु ।’