काठमाडौँ - आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा नेपाललाई युएईले २०८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट लिँदै युएईलाई २०७ रनमा सिमित गर्न सफल भएका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि पहिलो विकेट करण केसीले पहिलो ओभरमा नै लिएका थिए। त्यसैगरी सन्दीप लामिछानेले दोस्रो र तेस्रो विकेट लिएका थिए। त्यस्तै चौथो विकेट कुशल मल्लले लिए। आरिफ शेखले पाचौँ विकेट लिए भने छैठौँ विकेट सन्दीप लामिछानेले लिएका थिए। सातौँ र आठौँ विकेट करन केसीले लिएका थिए।