ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, ५१ रोपनीको कोलोनीमा बंगला र घडेरी बुकिङ गर्नेलाई उपहार

ललितपुर - ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ खुलाएको छ । ललितपुरको सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ खुल्ला गरेको जनाएको छ । 

लेले बसपार्कबाट २ सय मिटर भित्र पर्ने उक्त कोलोनी द पीएम ग्रुप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भईरहेको छ । सरकारी माफण्ड अनुसार २० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र १०२ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ । बंगला तथा घडेरी बुकिङ भईरहेको जनाएको कम्पनीले दशैं तथा तिहारमा बुकिङ् गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ । 

दशैंमा बैना वा पास गर्नेहरुले विशेष छुट र लक्की ड्र मार्फत टाटाको नेक्सन कार जित्न सक्ने जनाएको कम्पनीले जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहारमा दिने बताइएको छ । टिकटकमा भिडियो बनाउनेहरुलाई पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ । 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×