प्राईम कर्मसियल बैंकद्धारा भुकम्प पीडितको लागि २५ लाख ५१ हजार रुपैंयाँ सहयोग

काठमाडौं - प्राईम कर्मसियल बैंकले भुकम्प पीडितको लागि २५ लाख ५१ हजार रुपैंयाँ सहयोग गरेको छ । बैंकले यही कार्तिक १७ गते, शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुख व्यक्त गर्दै उक्त रकम सहयोग गरेको हो ।

बैंकले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैंयाँ सहयोग उपलब्ध गराउने छ । विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै बैंकले शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×