नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा थापा

काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अध्यक्ष पदमा विश्रुत थापा चयन भएका छन् । कम्पनीले आफनो  दुई सय ४६ औँ सञ्चालक समितिको बैठकबाट थापालाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष थापाले डेप्युटी गभर्नर बमबहादुर मिश्रबाट अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन । 

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् नेपाल क्लियरिङ्ग हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापाको केन्द्रीय बैंकको विभिन्न विभागमा २१ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ । उनी चार्टर्ड एकाउन्टेन्ट हुन् । नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×