तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बस्दै छ।  मध्याह्न १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ प्रारम्भ हुनेछ ।

मध्याह्न सवा १२ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुनेछ। 

दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरानो संसद् भवनको पुननिर्माण सम्बन्धमा निर्माणको प्रगति विवरणबारे छलफल हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×