टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो ओभरमै पहिलो सफलता, करणले लिए विकेट

काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ। नेपालका लागि पहिलो ओभर बलिङ गरेका करण केसीले पाँचौं बलमा घरेलु टिमका ओपनर मुहम्मद वासिमलाई बोल्ड गरेका हुन्। वासिमले कुनै रन लिन सफल भएनन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  भएको खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ।

विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।

बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा नटुङ्गिएकाले सन्दीप लामिछानेलाई देश बाहिर जाने अनुमति दिएको थिएन। यद्यपि, सर्वोच्चले खेल सकिएको १५ दिन भित्र देश फर्किनु पर्ने शर्त राखेर अनुमति दिएपछि सन्दीप बुधबार यूएई पुगिसकेका छन्। यससँगै आजको खेलमा सन्दीपलाई पनि मैदानमा देख्न सकिने छ।

नेपाली टिममा आज कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, गुल्शन झा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×