ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

काठमाडौँ - विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ। आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छिन्।

वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार ८ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान ७-७ विधामा मनोनित भएका छन्। ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद र र्‍यान्डी मेरिल समान ४-४ विधामा छानिएका छन्।

पछिल्लो वर्षका ग्रामीमा केही आश्चर्यका खबरहरु आइरहेका छन्। २ वर्षअघि गायक विकेन्डको दबदबा देखिएको अवार्डमा गत वर्ष जोन बाटिस्टी प्रभावशाली देखिएका थिए। सर्वाधिक विधामा मनोनित भएकी गायिका बियोन्सेलाई उनको पछिल्लो एल्बम ‘रेनसा’ र फिल्म ‘किङ रिचर्ड’को गीत ‘बी अलाइभ’बाट मद्दत पुग्यो।

फेब्रुअरी ५ मा लस एन्जलसमा हुने ग्रामी समारोहमा बियोन्सेले प्रभावशाली जित निकाल्ने अपेक्षा छ। आफ्नो सांगीतिक करिअरमा बियोन्सेको यो ८८ औं ग्रामी मनोनयन हो। सांगीतिक इतिहासमा कुनै संगीतकर्मीले प्राप्त गरेको यो उपलब्धिमा बियोन्सेले गायक पति जे-जेड्सँग समान रेकर्ड कायम गरेकी छिन्।

यसपटकको ग्राममा बियोन्से र एडेलबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×