विवाद मिलेसँगै कृषि सडकको काम अघि बढ्यो

काठमाडौँ - रुकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषि सडक खन्ने क्रममा भएको विवाद लामो समयपछि मिलेको छ। 

लुम्बिनी प्रदेश सरकारबाट बजेट आए पनि दुई गाउँको बिचमा विवाद हुँदा सडकको काम अघि बढ्न सकेको थिएन। गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले दुई सडकमा देखिएको विवाद मिलाएको छ। पुथा उत्तरगङ्गा गाउँपालिकामा गर–गरघाट–रन्मा कृषि सडक र गरगाउँ–सतीपोले –मैकोट कृषि सडकको काम विवाद मिलेसँगै अघि बढ्ने भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका छन्।

दुवै सडकका लागि प्रदेश सरकारले रु. १५-१५ लाख बजेट विनियोजन गरेको थियो। प्रजिअ बाँस्कोटाकाअनुसार रन्मा र मैकोट सडकका बिषयमा विवाद भएको थियो। सहीदमार्गको पनि डिपिआर भइसकेको छ। गरवासीले गर हुँदै मैकोटसम्म सहिदमार्गको डिपिआर भइसकेकाले फेरि अर्को सडकको आवश्यकता नभएको भन्दै अवरोध गर्दै आएका थिए। रन्मावासीले पनि जसरी भए पनि गर हुँदैँ कृषि सडकलाई रन्मा पुर्याउने अडान राख्दै आएका थिए।

गएको कात्तिक-मङ्सिरमै डिपीआरको काम सुरु हुनुपर्ने सडकको काम यही विवादको कारण अहिलेसम्म अघि बढ्न नसकेको प्रजिअ बाँस्कोटाले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×