काठमाडौँ । सर्वोच्च अदालतमा भइ रहेको निरन्तरको इजलास बहिष्कारले आजित भएका आम नागरिक न्यायालयको गतिरोधको विरुद्ध आवाज उठाउन थालेका छन्।
आज (सोमबार) काठमाडौँको नयाँ बानेश्वरमा भएको स्वतन्त्र कानुन व्यवसायीहरुको प्रदर्शनमा पनि आम नागरिकहरुको उत्तिकै रुपमा सहभागीता रहेको देखिएको छ। उनीहरुका साथमा न्यायबाट बञ्चित भएका पीडितहरुको पनि उती नै रुपमा सहभागिता रहेको थियो।
उक्त प्रदर्शनमा बोल्दै एक पीडित युवाले देशमा न्याय हराएको गुनासो गरेका थिए। उनले देशमा पार्टिहरु धेरै भएका तर उनीहरु जनतालाई न्याय दिन भन्दा भ्रष्टाचारमा लिप्तभएको गुनासो गरेका थिए। त्यसै गरी उनले न्यायका लागि सबै जना एकजुट भएर लड्नु पर्ने र आवाज उठाउनु पर्ने बताएका थिए।
सर्वोच्चमा वकिलहरुले गरिरहेको आराज आन्दोलनको विरुद्धमा उनीहरुले केहि दिन देखि नै काउन्टर प्रोटेस्ट गर्दै आएका छन्। 'कानूनी सर्वोच्चता कायम गर!', 'स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!', 'विधिको शासन कायम गर!', 'दबावको शासन अन्त्य गर!' लगायतका नाराहरुका साथ उनीहरु आन्दोलनमा उत्रिएका हुन्।