एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ

मकवानपुर - मनहरी गाउँपालिका–९ हरियाली वनबाट कटुवा पेस्तोल १ थान र बारुद भरेको २ वटा फलामको खोकासहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–२ भाबर बस्ने २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×