काठमाडौँ। नेपाली चलचित्र ‘सिन्धुलीगढी’ निर्माण हुने भएको छ। चलचित्रमा गोर्खाली र अँग्रेज फौजबिचको युद्ध देखाईनेछ। वि.सं. १९२४ मा सिन्धुली जिल्लाको आडभञ्ज्याङमा गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको थियो। सोहि युद्धमा चलचित्रको कथा आधारित रहेको छ।
सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रमा विश्वदीप (विश्वमणि) घिमिरेको पटकथा, संवाद लेखन र निर्देशन रहनेछ। सास अधिकारी निर्माता रहेको चलचित्रको कथा लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर तयार गरिएको हो। चलचित्रमा दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीको सहयोग रहनेछ।
कोरोना महामारीलाई विचार गर्दै फागुनको दोस्रो साताबाट चलचित्रको छायांकन सिन्धुली, काभ्रे र काठमाडौँमा गरिनेछ र पोष्ट प्रोडक्सन भारतको मुम्बईमा हुनेछ। चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा प्रदर्शनमा ल्याइनेछ। चलचित्रका लागि कलाकारहरु अडिसनबाट छानिने बताईएको छ।