झापामा लागुऔषध सहित एक जना पक्राउ

झापा - झापाको चारआली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम प्रतिबन्धित लागुऔसधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

हिजो साँझ पाँच बजे  विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा २० वषकी अनुजा राजवंशीको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर ९ ग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। 

राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। राजवंशीकी आमा ५ महिना अघि लागु औषध सम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छिन्। 

आमा भारती राजवंशीलाई भेट्न आउने क्रममा प्रहरीलाई शङ्का लागि निज अनुजा राजवंशीलाई निगरानीमा राखेको अवस्थामा लागु औषध सहित फेला पारेको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×