तरुण दल काभ्रेको जिम्मेवारी सुजनलाई

काभ्रेपलाञ्चोक - नेपाल तरुण दल काभ्रेको कार्यवाहक सभापतिको जिम्मेवारी भुम्लुका सुजन लामाले पाएका छन्। गृहमन्त्री तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको भेलाले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको हो।

लामा यसअघि वाग्मती प्रदेश तरुण विभागको सदस्य समेत थिए। तरुण दल काभ्रेका सभापति दावा लामा स्थानीय तहको निर्वाचनमा भुम्लु गाउँपालिकाको उपाध्यक्ष बनेका छन्। कांग्रेस महासमिति सदस्य दावा लामाले सुजनलाई दिएका हुन्।

मंसिर ४ गते हुने गरी घोषणा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतलाई लक्षित गरेर कांग्रेसले भातृ संगठन विस्तार र संगठन सदृढिकरणलाई जोड दिएको कांग्रेस काभ्रेले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×