जगदिश समाल र बबिना भट्टराईको युगल स्वरमा प्रेमिल गीत ‘फूल जस्ती माया’ सार्वजनिक

काठमाडौं : आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु ‘यस्तै भाव संगाल्छ मनले आफ्नी मायालु प्रति । उनको हेराई पनि मन पर्छ, बोलाई पनि मन पर्छ उनले जे गरे पनि राम्रो लाग्छ । यस्तो लाग्छ उनी नै संसार हुन्, उनी नै खुसी हुन् अनि उनी नै सबै हुन् ..उनको याद विना त स्वास पनि चल्दैन, उनको साथ विना त जीवन कसै गरि अगाडि बढ्दैन, लाग्छ उनी रानी हुन् उनी नै पानी हुन् ‘पानीको प्यास जस्तै हो उनको माया । 

पानीको तिर्सनाले जसरी तड्पाउँछ त्यो भन्दा बढि छ उनको तिर्सना । उनलाई उपहार दिन सबै चिज फिका लाग्छन्, आँफू संग भएका सबै चिज उनैलाई दिउ जस्तो लाग्छ, उनलाई दिनुमा जति आनन्द र सन्तुष्टि अरु केहिमा मिल्दैन, माया होस् या उपहार सबै उनैलाई दिन मन लाग्छ, यस्तो लाग्छ सिंगो जीवन नै उनैलाई उपहार दिउ ‘उनी विना बाँच्नु पनि के सार छ ? उनी छिन् र त जीवन जीवन जस्तो छ, उनी छिन् त्यसैले सबैतिर रमाइलो छ, उनी छिन् त्यसैले सबै तिर घमाइलो छ, उनी छिन् र बाँच्नुको आनन्द छ ।

उनी विना पनि जीवन चल्छ र ? उनी विना पनि बाँच्न सकिन्छ र ? उनी विना पनि स्वास चल्छ र ? अह चल्दैन, चल्दै चल्दैन । फूल जस्तै छिन् उनी । फूल जस्तै सुन्दर अनि फूल जस्तै कोमल । अनि उनको शितलता जून जस्तै छ, उनको सुन्दरता र उनको कोमलता अनि उनको जून जस्तो शितलता मित्र आफैंलाई हराउनु अनि डुवाउनुमा जत्ति सन्तुष्टि अरु केहि पनि छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×