गायक यम बरालले सुटुक्क गरे दोस्रो विवाह

काठमाडौँ l लोकप्रिय गायक यम बरालले दोस्रो विवाह गरेका छन् l १० वर्ष एकल जीवन बिताएका गायक बरालले गीता सिवाकोटी उर्फ गीताञ्जली शर्मासँग विवाह गरेका हुन् l उनले सुटुक्क विवाह गरेका हुन् l विवाहको तस्विर सार्वजनिक भइसक्दा पनि उनले यो कुरा स्वीकारेका छैनन् l

खबरका अनुसार उनी गत मंसिरमा गीताञ्जलीसँग वैवाहिक बन्धनमा बाँधीएका हुन् l केहि समयअघि टेलिभिजन कार्यक्रम रजतपटले उनको विवाहको खबर बाहिर ल्याएको हो l 

गीताञ्जली काङ्ग्रेसकी सक्रिय नेत्री पनि रहेकी छिन् l भर्खरै सकिएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गीताञ्जली महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन्। तर, उनले चुनाव जित्न सकिनन् l गायक बरालले पूर्व पत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्धविच्छेद गरेका थिए l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×