नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजको नयाँ संस्करण जारी

काठमाडौं - नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ–आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् ।

नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार अक्टोबर १२ मा समिति सदस्यहरु सँग ग्रूमिङ र परिचयात्मक सत्रको आयोजना गरिएको थियो । जहाँ आयोजक समिति सदस्यहरुलाई हल्ट प्राइजको बारे परिचय र समिति सदस्यकोरूपमा आफ्नो भुमिकाबारे जानकारी दिइएको थियो ।

गत नोभेम्बर ९ मा प्रेरणादायी र सशक्तिकरण द हल्ट प्राइज कम्युनिटी नामक प्रेरक सत्रको आयोजना गरिएकोमा नेकका विद्यार्थी कल्याण मशाशाखाका प्रमुख एशोसिएट प्राध्यापक सचिन श्रेष्ठले हल्ट प्राइजमा नेकको यात्रा र नेकको प्रभाव बारे जानकारी दिएका थिए । सो क्रममा सहभागीहरूले हल्ट प्राइज २०१८÷०१९ का क्षेत्रीय फाइनलिस्ट संयोग उपाध्यायको हल्ट यात्राको बारेमा बुझ्ने मौका पनि पाए । त्यस्तै नोभेम्बर २९ मा प्रतिष्पर्धीहरूको परिचयात्मक सत्र चलाइएकोमा सोहि सत्रमा सहभागीहरूलाई हल्ट पुरस्कारको बारेमा अभिमुखीकरण दिइएको थियो । सहभागीहरूलाई कलेजको हल्ट प्राइजकी पूर्व निर्देशक तानिया लामिछानेले हल्ट प्राइज २०२३ को विषयवस्तु बारे जानकारी दिइन् ।

६ डिसेम्बरमा ‘द आर्ट इज पिचिङ’ नामक सत्रको आयोजना गरिएको र सत्रका अतिथि वक्ता अमरेश शाह थिए । उक्त सत्रमा सहभागीहरूले प्रस्तुत गर्ने विषयवस्तुहरूलाई कसरी आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने सञ्चार प्रविधिहरूबारे छलफल गरिएको थियो । यस्तै, १५ डिसेम्बरमा भ्मग भ्थचष्भ क्ष्लमष्ब सँगको सहकार्यमा उद्यम कार्यशाला आयोजना गरिएको थियो । सत्रका अतिथि वक्ता अक्षयकीर्ति विजय थिए । उनी भारतका प्रख्यात सिरियल उद्यमी हुन् । उनीसँग प्रशिक्षण, कोचिङ, सेल्स र बीपीओ सञ्चालनमा १७ वर्षभन्दा बढी अनुभव छ ।

नेक हल्ट प्राइजमा अन्य विभिन्न सत्रहरू अझै बाँकी रहेको क्याम्पस निर्देशक सुवास खनालले बताएका छन् । खनालका अनुसार नेक हल्ट प्राइजमा उद्यमीहरूसँग कुराकानी, व्यवसाय प्रस्ताव लेखन र अन्य सत्रहरू सञ्चालन गर्न बाँकी रहेको छ । प्रतियोगिताले युवा विद्यार्थीहरूमा रहेको नविनतम सोच, खोज र आइडियालाई प्रस्फुटन गराउन र इन्टरनेशनल एक्सपोज प्राप्त गर्न टेवा दिइरहेको छ ।

नेकमा भइरहेको प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्नेछन् । हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार कलेज स्तरीय प्रतियोगिताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगितामा भाग लिनेछन् । त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिष्पर्धामा भाग लिँदै उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×