त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

काठमाडौं। त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा। बराललाई नियुक्त गरेका हुन्।

आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम उपकुलपति नियुक्तिका लागि सिफारिस गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये अल्पसूची (सर्ट लिष्ट) मा परेका १४ उम्मेदवारको अन्तर्वार्ता पछि आइतबार तीन जनालाई सिफारिस गरिएको हाे।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनामध्येबाट उपकुलपतिमा प्रा.डा. बराललाई नियुक्त गरेका हुन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×