कबड्डी ४ फिल्म कि अभिनेत्री मिरुनाविरुद्ध प्रर्दशन, पक्राउ परेका युवकको रिहाइ र सार्वजनिक माफी माग्नुपर्ने माग

काठमाडौँ - ‘कबड्डी- ४’ की नायिका मिरुना मगरविरुद्ध चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए। मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन्। उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्।

प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ। बिना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन सुरु गरेका हुन्। उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन्।

यता चलचित्रका निर्देशक रामबाबु गुरूङले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन्। ‘तपाईहरूबाट नै मैले पनि थाहा पाएको हुँ। नायिकासँग मेरो कुनै सम्पर्क भएको छैन। यस विषयमा दुवै पक्षको कुरा सुनेर मात्र हामी अगाडि बढ्छौं,’ गुरूङले भने।

उक्त विवादलाई लिएर चलचित्र नै बहिस्कार गर्नुपर्छ भन्ने विषय गलत भएको उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×